पहिले मायाको सौगात दिएर गयो
अनि पछि मेरो जवानी पिएर गयो।
कहिले नछुट्ने वाचा गरेको थियोे
अफ्सोच मेरा खुशी सारा लिएर गयो
मेरा खुशीलाई टाढा पारी आज उसले
चुडालेर मायाको डोरी सिएर गयो ।
जुनी जुनी म तिम्रै हुँ भन्ने बाचा गरी
मायाको अर्थ नबुझी टाढिएर गयो ।
मेरा सारा खुशीहरुमा आगो लगाएर।
मलाई दोषी बनाइ उ चोखिएर गयो ।