नपुरिदै खाटा उप्काई दियाै
कथा विगतका सम्झाई दियौ ।
लडाएर भैँमा उठाई दियौ
खिस्याउँदै प्यारा बधाई दियौ ।
सपनामा छल्न आएर उल्टै
हररात किन तर्साई दियौ ?
सुनाउँदा पीडा गुहार चर्काे
तिमी भने मस्त निदाई दियौ ।
आफ्नीलाई लुट्न आएको वैरी
चिन्दाचिन्दै किन सघाई दियौ ?
प्रीत भर्ने मुटु चितामा राखी
बिना आगाे किन जलाई दियौ ?