आमा बुवा बिनाको जिन्दगी यहाँ रमाएर के गर्नु !!
यदि छँदै छैनन् भने हजूर आँसु बगाएर के गर्नु !!

बुझिएकै कुरा हो सुख दुःख भइनै रहन्छ जिन्दगीमा,,
थाहा सबैलाई भएको हो तर अब कराएर के गर्नु !!

टुहुरो हुनु भाग्यमा नै लेखिएकै रहेछ हजुर सधैँ जसो
म नाबालक हुँ भनि सारा सबैलाई जनाएर के गर्नु !!

सार्है दुख्छ यो मुटु आज जिन्दगीको बारे बुझ्दा खेरी,
पिडा हुन्छ कि भनि आफन्तलाई बताएर के गर्नु !!

कोरोनाको प्रकोपले चारैतिर हामीलाई सताइरहेको बेला
भिडभाड गल्ली सडकहरूमा हल्ला मच्चाएर के गर्नु

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार