१
सार्थक जीवन हुँदामा गुरु
पवित्र वस्तु छुँदामा गुरु ।
मुर्तिमा शक्ति भरेर छाड्ने
जीवनका बुँदा बुँदामा गुरु ।।
२
शिक्षा र दीक्षा दिने हो गुरु
गल्तीमा क्षमा लिने हो गुरु।
भविष्य त्यसको उज्वल हुने
चेलाले आफ्नो चिने हो गुरु ।।
३
अगाडि बढ भनेर गुरु
असल मार्ग खनेर गुरु ।
चेलामा ठुलो गुण लाएका
सङ्कट मोचन बनेर गुरु ।।
४
अरुका कुरा त काट्न नि हुन्न
गुरुलाई कहिल्यै ढाट्न नि हुन्न।
जन्मको सार सधै अमर बन्ने हो
गलत विचार झन् आँटन नि हुन्न ।।
५
चेलाले सम्मान दिनु हो ठुलो
ज्ञान र बुद्धि लिनु हो ठुलो ।
रिस,राग, अहङ्कार फाली
संझनु पनि चिनु हो ठुलो ।।