गल्ती भएकै हो
यदि तिमिले नै बनाएको भए ,
स्वीकार गर

रंग भेद र रुप भेदको
पृथकिकरण गरिनै सकेपछि
मान्छेलाई
अलिकति दिमाग भरेर
आफ्नै खुट्टामा बन्चरो हानेछौ
ए ब्रम्हा बुढा ,
तिमिले पाएको आलोचना नै
तिम्रा सन्ततिको
सर्वोत्तम उपलब्धि हो
स्वीकार गर ,
एउटा मान्छे
आफ्नो हात माथी पार्न
तिम्रो संरचनाको बर्खिलाप
कहिले छेपारो
कहिले गधा
कहिले ब्वाँसो
कहिले स्याल
कहिले बाँदर
कहिले किर्ना
कहिले जुम्रा
कहिले जुका

भएर प्राणी जगतको
धज्जी उडाउँदै छ

यो प्रयोगशालाकै अन्तिम
असफलता बाहेक अरु केही होइन ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार