फागुन १२ काठमाडौ – लोक तथा दोहोरी गायक भागिरथ चलाउने को ” फलाम पिटे तरबार ” बजारमा आएको छ । यस गितमा लोकप्रिय एवं चर्चित लोकदोहोरी गायक तथा सर्जक भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर रहेको छ । बजारमा आएको केही समयमा नै यस गितलाई अत्याधिक रुपमा दर्शक श्रोताहरुले रुचाएका छन्।

उक्त गीतमा लय /शब्द गायक भागिरथ कै रहेको छ । लोकप्रिय एवं चर्चित लोकदोहोरी गायक तथा सर्जक भागिरथ चलाउने पनि पछिल्लो समय यस क्षेत्रमा निकै सक्रियताका साथ लागि पर्नुभएको छ । आफ्नै सृजनामा उहाँका सयौँ भन्दा बढी गितहरु बजारमा आइसकेका छन् । चलाउनेले लोक दोहोरी क्षेत्रमा सक्रियताका साथ लागि पर्ने भन्दै यही क्षेत्रमा आफु निरन्तरता दिने दृढता व्यक्त गर्नुभयो । लामो समय पछि उहाले उत्कृष्ट गीत लिएर आउनु भएको छ। लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल समय सान्दर्भिक परिवेशमा केन्द्रित रही शब्द सृजना गर्ने सर्जक मध्येका एक गायकका रुपमा भागिरथ चलाउनेलाई चिनिन्छ।

म्युजिक भिडियोमा अशिरप्रताप जंग र लोसिना लामिछानेको उत्कृष्ट अभियन देख्न सकिन्छ भने निर्देशक सुनिल क्षेत्रीको निर्देशन मा तयार भएको म्युजिक भिडियोलाई दिपक गिरी ले छायांकन गर्नु भएको हो भने अमृत चापागाइले सम्पादन गर्नु भएको छ । भिडियोलाई सुरु देखि हेर्दा अन्त्य सम्म नहेरे मन मान्दैन ।

भिडियो हेर्नुस:

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार