बैशाख २४, सल्यान – सल्यानको बागचौरमा चलिरहेको कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव ३ दिनका लागि थप गरिको छ ।
महोत्सव बैशाख १३ गतेबाट संचालन भै २४ गतेसम्म लाग्ने आयोजकले अघिल्लो पोस्टरमा जनाए पनि पछिल्लो पोस्टर सार्वजनिक गर्दै ३ दिन थप गरि बैशाख २७ सम्म रहने आयोजक समितिका अध्यक्ष लोकेन्द्र चन्दले जानकारी दिए ।
पोस्टरमा भएका कलाकारहरु सबैको प्रस्तुति २४ गते नै नसकिने भएकाले ३ दिन थप गरिएको आयोजकको भनाइ छ ।
बैशाख २४ गते (सोमबार) चर्चित, लोकप्रिय, दोहोरी क्षेत्रमा अत्याधिक दर्शकले रुचाएकी गायिका अस्मिता डल्लाकोटीको प्रस्तुति रहने भएको छ । त्यस्तै हास्यकलाकार कमल गाउँले, डान्सर जलपरी आजका मुख्य पात्रमा रहेका छन् ।
बैशाख १३ गते देखि सुरु भएको महोत्सवमा बैशाख २७ गतेसम्म विभिन्न कलाकारहरुको साथमा रमाउन सकिने छ ।