माघ ५ काठमाडौँ — गत पुसमा बेलायतबाट फर्केका तीन जनामा बेलायतमा देखिएको नयाँ लक्षणकाे काेराेना(यूके भेरिएन्ट बी ११७) भाइरस पुष्टि भएको छ ।

जनहितकाे लागि जारी सन्देश
उक्त भाइरस पुष्टि हुनेमा दुई पुरुष र एक महिला छन। आज सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको बताएको छ। बेलायतबाट आएकाहरुलाई निगरानीमा राखि फर्किएका मध्ये ६ वटा नमुनामध्ये ३ जनामा पुष्टि भएको हो । उनीहरुको नमुना पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमुना पठाइएकोमा माघ ५ गते इमेल मार्रत स्वास्थ्य मन्त्रालयलाई रिपोर्टकाे नतिजा आएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
डा.गौतमका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुषमा यो नयाँ प्रकारको कोरोना पुष्टि भएको हो । तीन जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष हाल पीसीआर नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुष पोजिटिभ नै भए पनि लक्षण नदेखिएकोले डाक्टरकाे निगरानीमा क्वारेन्टाइनमा नै उपचार भइरहेको छ।
केही दिनअघि बेलायतबाट फर्किएका उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको थियो । कोरोना पोजिटिभ देखिएका उनीहरूबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी–११७ को आशंका गर्दै पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा थप परीक्षणका लागि हङकङ प्रयोगशालामा नमुना पठाइएको थियो ।
याे भाइरस काेराेना भन्दा करिब ७१ प्रतिशत बढी संक्रामक रहेकाे यसकाे अनुसन्धान कर्मि विज्ञहरुकाे भनाइ छ। तर अहिलेसम्म याे भाइरस विश्वका तीन दर्जन राष्ट्रमा फैलिएको भनिए पनि यसकै लक्षणले मृत्यु भएको आधार भने नभएको पहिले देखि काेराेना भाइरसकाे अध्यन गर्दै आएको जाेन हप्किन्स विश्वविद्यालयको कोरोना ट्र्याकर बताएको छ।