जेठ २६, सल्यान – सल्यानको बागचौर नगरपालिकाले ५ वर्षिय आवधिक योजना तर्जुमा सम्बन्धि वडास्तरिय अभिमुखीकरण तथा कार्यशाला गोष्ठी कार्यक्रम सुरु गरेको छ ।

बागचौर नगरपालिकाको आयोजना र ग्रामीण विकास एक्सप्रेस (RDE) नेपालको सहजीकरणमा नगरपालिकाको समृद्धि र विकास निर्माणमा ठुलो टेवा पुर्‍याउने उद्देश्यकासाथ कार्यक्रमको आयोजना गरिएको हो ।

यसैअनुरुप आज बागचौर नगरपालिकाको वडा नं. २ मा पनि अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

बागचौर नगरपालिका नगर प्रवक्ता एवं वडा नं. २ का वडाध्यक्ष दिपेश डि.सी. को अध्यक्षतामा भएको अभिुखीकरण तथा कार्यशाला गोष्ठीमा जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, राजनीतिकक्रमी, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

आवधिक योजनामा ५ विधा पुर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन विकास, संस्थागत विकास र शुसान विकासमा गहिरो छलफल तथा अध्ययन गरिएको थियो ।

नगर प्रवक्ता समेत रहेका २ नं. वडाध्यक्ष डि.सी. ले जनताकाबिचबाट छलफल भई आएका आवधिक योजनाहरु पूरा गर्नलाई आफू लागिपर्ने र बागचौर नगरपालिकालाई समेत विशेष जोड दिने बताए । उनले यो आफ्नो कार्यकालसँगै नगरपालिकाकै लागि नयाँ कार्य भएकोले जनमतबाट आएका राय, सल्लाह, सुझाव र समस्याहरुलाई अध्ययन गरि सिमित स्रोत साधनकाबिचमा पनि अति आवश्यक समस्याहरुलाई अगाडि बढाउने र निरन्तर विकासका निर्माणका काममा अगाडि बढ्ने जनाए ।
आवधिक योजना कार्य पहिलोप सिकाइ कार्य भएकोले यसलाई प्रभावकारी र कार्यान्वयन गर्न वडाबासीका मागहरुलाई सम्बोधन गर्ने उनको भनाइ रहेको छ ।

आवधिक योजना तर्जुमा सम्बन्धि अभिमुखीकरण तथा कार्यशाला गोष्ठी बागचौर नगरपालिकाका धेरै वडा सम्पन्न भैसकेको र बाँकी वडाहरुमा पनि निरन्तर हुने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार