जेठ ११, सल्यान – बागचाैर नगरपालिकाकाे दाेस्राे मेयरकप खेलकुद प्रतियोगिता सम्पन्न बुधबार सम्पन्न भएको छ ।

जेठ ७ गते सुरु भएको दोस्रो मेयरकप खेलकुद प्रतियोगितामा शिल्ड वडा नं. ३ ले जितेको छ ।

खेलकुद प्रतियोगितामा वडा नं. ३ ले ८ स्वर्ण, १ रजत र २ कास्य सहित प्रथम स्थान हासिल गरेकाे हो ।

त्यस्तै वडा नं. २ ले ७ स्वर्ण, ४ रजत, र ५ कास्य गरेर द्वितीय स्थान हासिल गरेको हो भने वडा नं. १० ले ७ स्वर्ण, २ रजत र ३ कास्य गरेर तृतीय स्थान र वडा नं. ६ ले ५ स्वर्ण, २ रजत र १ कास्य सहित सान्त्वना भएको छ ।

प्रतियोगितामा सबैभन्दा बढि स्वर्ण पदक जित्ने वडाले क्रमश पहिलो, दोस्रो र तेस्रो सँगै अन्य स्थान हात पारेका हुन ।

जेष्ठ ७ गतेदेखि १० गते सम्म बागचाैर नगरपालिका वडा नं. २ अग्ला टाकुरा भ्यू टावरमा संचालित प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल, मार्सलआर्टका खेलहरुमा नगरपालिकाका १२ वटा वडाका खेलाडीहरुले सहभागीता जनाएका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार