लाेक गायक तथा सर्जक सल्यानका रमेश डाँगीले `स्वार्थी दुनियाँ´ गीत बजारमा ल्याएका छन।
समसामयिक सामाजिक यथार्थलाई चित्रण गरेकाे उक्त गीतमा घरदेश र परदेशकाे पिडा देखाउन खाेजिएकाे छ। गीत सर्जक डाँगीकाे शब्द र स्वर पनि डाँगीकाे एकल रहेको छ।
यसअघि पनि विभिन्न सामाजिक तथा पौराणिक संगै माया पिरतीका गीत बजारमा ल्याइसकेका सर्जक डाँगीकाे याे गीत विशेषगरी समसामयिक रुपमा चित्रण छ।
मिडिया पिक्चर नेपाल स्टुडियो मार्फत अनिल रानाको सम्पादन र मदन खड्काकाे निर्देशनमा उक्त गीत सर्जक डाँगीकाे आफ्नै युटुब च्यानल Ramesh Dangi बाट सार्वजनिक गरिएको छ।
गीतकाे पुर्णपाठ:
खुकुरीकाे धारैमा अचानु
(याे स्वार्थी दुनियाँ हाे)-२
आमाबाबा नराेई नराेई बसे सानू
जाेगिएर बसे हाेइ बसे मेरी सानु
१. पैसा विना रमाउन मन गाह्राे
त्यै धन पैसा कमाउन झन् गाह्राे
संवाद: मान्छे किन आज यति धेरै डिप्रेशनमा छ,पिडामा छ
कतिले त आत्महत्या गर्न समेत प्रयास गर्छन र आफ्नाे प्याराे जन्मभूमि सुन्दर देश नेपाल छाेडेर
विरानाे पर्देशी भुमिमा पैसाकाे निम्ति रगत पसिना बगाउदै रुमलीरहेका छन
यसकाे कुनै जवाफ नै छैन मसँग…..
२. आँखाभरि मर्स्याङ्दी सलल
सपनीमा देख्छु गाउँ झलल
३. साहुकाे रिण नि तिर्छु या तिर्दिन
परदेशी घर फिर्छु कि फिर्दिन्न
४. बेहाेर्नु के पर्नी हाे कुनबेला
जे नि हुन सक्छ यहाँ जुनबेला
५. सबै कुरा किनेरै छ पाइने
आमा बाबा मात्रै हाे नपाइने
६. मृत्यु सँग काे छ र अछुतो
मै मरेनि नमान्नु पछुताे भिडियो लिङक: https://youtu.be/6HRFO_8dH1Y