“तिमि मेरै थियौं” बोलको लाेक गित सर्वजनिक भएको छ ।

सल्यानका उदयमान कलाकार गणेश डाँगी `गगन´ काे शब्द संगित रहेको गितमा गणेश डाँगी र देवि बस्नेतले स्वर दिएका छन। गीतमा भगवती मगर, दिप श्रेष्ठ, पूर्ण केसी, कैलाश बुढाथोकी, निशा बुढाथोकी, सरोज रेग्मी र अमृत बुढा मगरकाे अभिनय रहेको छ । गीतको भिडियोलाई सर्जक डाँगीले नै निर्देशन गरेका छन् । तेस्तै एरेन्जर गोविन्द मधुर आचार्यले गरेका छन। म्युजिक एरा रेकर्डिष्ट स्टुडियो मार्फत गितकाे मिक्सिङ सन्तोष पौडेल, ब्यबस्थापन  भिम ओली (एस.बि.), क्यामेरा इडिट वसन्त राना मगरको रहेको छ ।

उक्त गित सर्जक डाँगीकाे आफ्नै जि.जि मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गितमा गाँउले परिवेश भित्रको वस्तुस्थिति तथा यथार्थ परक माया प्रेमको कहानी झल्काउन खोजिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २५ गते सोमवार