फागुन १, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. २ को चौथो वडाअध्यक्ष कप खेलकुद प्रतियोगिता आज देखि सुरु भएको छ ।
आज एक कार्यक्रम बिच वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको वडा नम्बर २ खरिबोटमा उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख गौतमले वडा कप खेलकुद कार्यक्रमले खेल क्षेत्रको विकास गर्ने, लुकेर रहेका खेलहरु तथा खेलाडीहरुलाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नगरपालिकालाई खेल क्षेत्रमा अगाडि बढाउन आफू हरदम तयार रहेको र खेलाडी र खेल क्षेत्रको विकास अनि खेलाडीलाई सम्मानका लागि आफू सधैं तत्पर रहेको बताए ।
बागचाैर नगरपालिका वडा नं. २ का वडाध्यक्ष दिपेश डि.सी. को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बागचाैर नगरपालिकाका नगरप्रमुख जनकराज गाैतम, विशिष्ट अतिथि उपप्रमुख सुम्निमा डि.सी. वली, अतिथि बागचाैर नगरपालिकाका निवर्तमान नगर प्रमुख लाेकमान बुढाथोकी, नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सहमहामन्त्री एकराज डाँगी, नेकपा (एकीकृत समाजबादी) का केन्द्रिय परिषद सदस्य ज्ञानेश्वर के.सी., नगर भित्रका १२ वटै वडाका वडा अध्यक्षहरु, इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख कनक शाही, कार्यपालिका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्थानीय बासि, सुरक्षाकर्मी, पत्रकार, आमा समुहहरु, बिद्यार्थी, बुद्धिजीवी लगायत वडावासीहरुको सहभागीता रहेको थियो ।
फागुन १ गते देखि सुरु भएको वडाअध्यक्ष कप खेलकुद प्रतियोगितामा पुरुष भलिबल, महिला भलिबल, पुरुष कबड्डी, महिला कबड्डी, ब्याटमिन्टन, लङ जम्प पुरुष , लङ जम्प महिला, पुरुष र महिला दाैड खेलकुद साथै लोकदोहोरी कार्यक्रम समेत राखिएको वडा नम्बर २ का वडा अध्यक्ष दिपेस डि.सी. ले जानकारी दिए ।
यस्तै आज उद्घाटन गरिएको खेलकुद कार्यक्रम फागुन ३ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।