मंसिर १४ काठमाडौ – अमेरिकी टीभी रियालिटी शो ‘द भ्वाइस’ काे सिजन -२२ मा एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ बोलको गीत गाएकी नेपाली मूलकी चेली १७ वर्षिय परिजिता बाँस्तोला अन्तिम आठौँमा प्रवेश गरेकी छन् ।

नेपाली समयानुसार बुधबार बिहान प्रशारित भएको अमेरिकी संस्करणको टीभी रियालिटी शोमा परिजिता सेमिफाइनलमा प्रवेश गरेकी हुन्।

शोबाट दुई जना बाहिरिएसँगै परिजिता अन्तिम आठमा प्रवेश गरेकी हुन्। आफ्नो टिमबाट सेमिफाइनलमा प्रवेश गरेका सम्पूर्ण प्रतिस्पर्धीसँग कोच जोन लिजेन्डले नृत्य पनि गरेका थिए ।

सेमिफाइनलमा प्रवेश गरेपछि परिजिताले एक भिडियो सन्देश जारी गरेकी थिइन्। उक्त भिडियोमा उनले आगामी प्रतिस्पर्धा कठिन हुने बताउँदै आफूलाई सक्दो भोट गर्न अपील गरेकी छन् ।

परिजिता द भ्वाइसका लागि अडिसन दिने पहिलो नेपाली मुलकि सहभागी हुन्। उनकाे परिवारले रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन। उनकाे परिवार अहिले अमेरिका स्थित मेरिल्याण्डको सेभेर्ना पार्क नजिकै बसाेबास गर्दै आएका छन । उनी हाल सेभेर्ना पार्क हाई स्कूलमा पढ्छिन्।

प्रकाशित मिति : २०७९ मङ्सिर १४ गते बुधवार