कार्तिक १६ जाजरकोट – बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका वडा नं.-१३ बस्ने ३८ वर्षिय लोक बहादुर रोकाय रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

राेकाय विरुद्ध उच्च अदालत तुलसीपुर नेपालगंज ईजलासको मिति २०७९।०७।०३ गतेको आदेशले बैंकिङ सम्बन्धि कसुर मुद्दामा पक्राउ गर्न अनुमति पठाएकोपछि प्रहरी चौकी कुदु जाजरकोटबाट खटीएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा बुधबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए।

पक्राउ पछि आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको जिम्मा लगाईएको प्रहरी नायव उपरीक्षक निरौलाले बताए।

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार