कात्तिक २५ काठमाडौ – नेपाली समाजमा लाेक संगितकाे छुट्टै पहिचान र आकर्षण छ। त्यसैले गर्दा दिनप्रतिदिन विभिन्न गीत संगितहरु बजारमा सार्वजनिक हुन्छन्। तर गीतकाे आ-आफ्नै सन्देश हुन्छ । फेरि यसाे भइरहदा पछिल्लो समय केही विकृति पनि नेपाली गीत संगितमा पाइन्छ।

पुराना कलाकारकाे प्रेरणा,अभिवावककाे ज्ञान र आधुनिकताकाे याे परिवेशमा विभिन्न अनलाइन संजालहरुमा एक अर्काकाे कला देखेर प्रभावित हुँदै आजकल दैनिक जसाे नेपाली लाेक गीत क्षेत्रमा पनि बाल कलाकारहरु उदयमान राम्रो देखिन थालेकाे छ ।

यसै गरि पछिल्लो समय सुदुरपश्चिम डाेटीबाट कौसल बलायर पनि लाेेेक संगितमा राम्रो प्रतिभा बाेकेर प्रवेश गरेका छन। पछिल्लो समय उनीले केही लाेकगीतमा आवाज दिएका छन भने केही गीतमा अभिनय सम्म गरेका छन। तिनै बलायरले आवाज दिएको गीत मध्ये एक हाे ‘आशै मर्या छ’ बाेलकाे गीत सार्वजनिक भइसकेको छ। उक्त गीत अहिलेकाे समय सान्दर्भिक छ भने याे काेराेना महामारीको समयमा परदेशीकाे घर आउन नसक्नु र यता घरदेशमा उनै परदेशीकाे प्रतीक्षामा कलिलाे सन्तान संगै परिवारकाे वेदनालाई प्रस्तुत गरिएकाे छ।

उक्त गीतमा स्वर बाल कलाकार कौशल बलायर र भुवन प्रसाद बाडुकाे रहेकाे छ भने लय र शब्द कलसी राेकायाकाे छ राेकाया कौशल बलायरकै आमा हुन। साे गीत Kalasi kaushal balayar नामकाे युटुबबाट सार्वजनिक गरिएकाे छ। अभिनयमा कौशल बलायर, गिता अञ्जलि बलायर,जीवन बाडु र राम प्रसाद अवस्थीकाे प्रस्तुति छ। निर्देशन प्रभाभन जेस टिमले गरेकाे छ भनेे रेकर्डिङ विंग एचडी परिवेेेश स्टुडियोमा भएकाे छ।

भिडियो हेर्न तल क्लिक गर्नुहाेस:

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते मङ्गलवार