साउन ३० जाजरकोट – एक फरार प्रतिवादीलाई जाजरकोट प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा भेरी नगरपालिका -३ माथिल्लो थाप्ले बस्ने २२ वर्षिय निश्चल जंग शाह रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
शाह विरुद्ध आपराधिक उपद्रव सम्बन्धि कसुर मुद्दामा वारदात देखि भागी फरार रहेकाेमा साेमबार भेरी नगरपालिका -३ दरबारमार्ग स्थित सड्कमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।
पक्राउ परेका शाहलाई जिल्ला अदालत जाजरकोटमा उपस्थित गराईएकोमा साेमबार नै अदालतबाट जाजरकोट कारागारमा चलान गरिएको प्रहरी निरीक्षक पन्तले बताए।