साउन २४ काठमाडौ – चर्चित लाेक गायक भागिरथ चलाउने लाेक सांङगितक जगतमा निकै फडकाे मारिरहेका छन।

केही हप्ता अघि सार्वजनिक भएको ‘झमझम झम्काना’ बाेलकाे तिज गीतले बजार तताइरहेकाे छ भने करिब १ हप्ताभन्दा लामो समयसम्म यूट्युब ट्रेन्डिङको १ नम्बरमा रहेको गीत यतिबेला भने करोड क्लबमा परेकाे छ।

साेहि गीतकाे सफलतापछि सार्वजनिक भएको दक्षिणा बुढाथोकीकाे तिज गीत “जय शिव जय भाेला” पनि लाेकप्रिय बनेकाे छ। एक हप्ता अगाडि सार्वजनिक भएको उक्त गीतमा पछिल्लो समय सामाजिक संजाल टिकटकमा सर्वाधिक रुचाइएकाे गीत मध्ये एक पनि हाे “जय शिव जय भाेला” ।

उक्त गीतमा गायक भागिरथ चलाउने र  गायिका सरिता सुनारले स्वर दिएका छन भने लय शब्द पनि गायक चलाउनेले नै गरेका छन। उक्त गीतकाे भिडियो अभिनयमा लाेमस शर्मा र लाेसिना लामिछाने लगाएतले गरेका छन भने प्रकाश भट्टकाे निर्देशनमा राजेश घिमिरेकाे छाँयाङकन र बिष्णु शर्माकाे सम्पादनमा रहेकाे गीत गायक चलाउनेकाे आफ्नै Bhagirath chalune नामक युटुव च्यानलबाट गीत सार्वजनिक भएको छ।

भिडियोका लागि तलकाे लिङक खाेल्नुहाेस; https://youtu.be/mq70oRpBMGc

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार