साउन १७ सल्यान – हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तिजकाे रौनक बढिरहेका बेला लाेकदाेहाेरी गायिका सम्झना विककाे तिज गीत `पिरै पिरमा´ सार्वजनिक भएको छ।

नारीकाे वेदना झल्काउने भाव रहेको उक्त गीतमा गायिका सम्झनाकाे एकल स्वर र लय छ भने शब्द प्रकाश विककाे रहेको छ। त्यसैगरी संगित संयाेजन सुनिल परियारले गरेका छन।

गीतकाे भिडियोमा प्रकाश विक, मिरा विक, लक्ष्मी सेर्पाइली लगाएतकाे अभिनय रहेकाे छ। उक्त भिडियो PNB HD STUDIO बाट सार्वजनिक गरिएको छ। भिडियाे हेर्न – https://youtu.be/b91cCv30pdI

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार