असार ५ सल्यान – शनिबार बेलुका भएको सल्यानमा जन्ती सवार जीप दुर्घटनामा परेका एक जनाकाे मृत्यु भएको छ।

मृत्यु हुनेमा बनगाड कुपिन्डे नगरपालिका -४ डाेप्केका ३२ वर्षिय मोतिलाल बुढा रहेका छन। दुर्घटनामा परि गम्भीर घाइते भइ अचेत भएका बुढालाई अस्पताल लिन बितिककै मृत घाेषणा गरेपछि घटनास्थलमै मृत्यु भएको हुन सक्ने त्यहाबाट पत्रकार इन्द्रबहादुर बुढाथोकीले बताए।

त्यस्तै अन्य घाइतेहरुमा साेहि ठाउँका ५७ वर्षिय मने बुढा, १० वर्षिय हरिमाया बुढाथोकी, ५० वर्षिय चित्रबहादुर बुढा, ६९ वर्षिय सहदेव बुढा र १५ वर्षिय गाेपाल बुढा रहेका छन।

बनगाड कुपिण्डे नगरपालिका -४ देउली बाट स्थानीय रमेश बुढाकाे माइती मानेर डाेप्के तर्फ फर्कदै गरेकाे भे १ ज १०२१ नम्बरको जन्ती सवार जीप मुरलेखाेलामा स्थित भित्रि सडक खण्डमा शनिबार बेलुका करिब साढे ८ बजेतिर दुर्घटनामा परेकाे थियाे।

घाइते सबैलाई उपचारको लागि गाउँपालिकाकाे एम्बुलेन्स मार्फत सल्लीबजार लिएकाे छ भने जीप चालक साेहि ठाउँकै २८ वर्षिय उदय बुढा फरार रहेका छन। तस्बिर : इन्द्रबहादुर बुढाथोकी

प्रकाशित मिति : २०७९ असार ५ गते आइतवार