जेठ २८ कास्की – एक महिलाको अश्लिल भिडियो खिचेर ५० लाख फिरौती माग्ने एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा बाजुरा बडीमालिका -७ का २७ वर्षीय शान्तराज तिमिल्सेना रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गत बैशाख २६ गते तिमल्सिनाले एक महिलाको अश्लिल भिडियो बनाएर त्यसपछि उनले ती महिलालाई धम्की दिदै सामाजिक सन्जालमा हालिदिने नत्र आफुलाई ५० लाख दिए भिडियो डिलिट गर्ने भन्दै पटकपटक तनाव दिने गरेकाे र उनलेे नगद ३ लाख लिईसकेकाे समेत जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले बताए।

तिम्सिनाले पटकपटक धम्की दिएपछि महिलाले जिल्ला प्रहरी कास्की प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले खाेजिकार्य सुरु गरि जिल्ला प्रहरी कार्यालय कैलालीकाे समन्वयमा कास्की प्रहरीको टोलीले पक्राउ गरि जिल्ला अदालत कास्कीबाट आपराधिक विश्वासघा(एक्सटर्सन) मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते शनिवार