जेठ २४ स्याङ्जा – आत्महत्या दुरूत्साहन मुद्धाका फरार एक जना डेढ वर्षपछि पक्राउ परेका छन।

पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नं.-७ केवरे बस्ने २६ वर्षिय रमेश थापा रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

थापा विरुद्ध स्याङ्जा जिल्ला अदालतले २०७७ पुस ०३ गते आत्महत्या दुरुत्साहन मुद्दामा १ बर्ष ५ महिना ०७ दिन कैद र रु. २५ हजार रुपैया जरिवानाकाे फैसला गरेपछि फरार रहेकाे र अहिले विशेष सुचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएकाे प्रहरी टोलीले वालिङबाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए।

थापामाथि कारवाहीको लागि जिल्ला अदालतमा पेश गरि त्यहाबाट कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाईएको प्रहरी नायव उपरीक्षक खनालले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार