कात्तिक २ काठमाडौ – लाेक दोहोरी गीत भित्र मौलीकता लुकेको हुन्छ,अन्य संगीत भन्दा लोक संगीतको बजार हाम्रो देशमा अलि धेरै ,गाउँ सहर कुनाकन्धरामा घन्कीने लोक दोहोरी गीतले वास्तविकता बोकेको हुन्छ।

बजारमा दिनहुँ नयाँ तथा पुराना कलाकारहरुका गीतहरु दिनहुँ सार्वजनिक हुने गर्दछन,तर सबैले राम्रो चर्चा कमाउछन भन्ने भने होईन,कतीपय गीतहरु त परिवार संगै बसेर हेर्ने र सुन्ने खालका पनी हुदैन्न,सस्तो लोकप्रियता कमाउन केही कलाकारहरुले सिमा नाघेपनी केही कलाकारहरु भने लोक संगीतलाई जोगाउन निरन्तर लागीरहेका छन।
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

यसै विच मेशना डिडिटल प्रा.लि को प्रस्तुतिमा कमला घिमिरे र राजु परियारको दोस्रो गित ‘डोको बुनेर’ गितको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतले दुई दिनमा नै तिन लाख कमाउन सफल भएको छ ।

पछिल्लो समय अत्यन्तै रुचाईएकी लोकप्रिय बाल कलाकार कमला घिमिरे , लोकप्रिय गायक राजु परियार र गायक विक्रम क्षेत्रीको आवाजमा रहेको छ भने गितमा शब्द नेत्र अर्याल,लय सृर्जना रोशन परियारको रहेको छ । गित छोटो समयमै दर्शकहरुको मनजित्न सफल रहेको छ । उक्त गीतमा ,पछिल्लो समयका चर्चित निर्देशक विक्रम चौहानको उत्कृष्ट निर्देशनमा तयार पारिएको हाे।

गीतकाे म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेका लोकप्रिय कलाकारहरु टिका सानु , ओवि रायमाझि , टिका जौसि , प्रेम खड्का , रुविना अधिकारी , तेजेन्द्र गौतम, वसन्ति वलि , रिहान शंकर लगायत टिमको निकै उत्कृष्ट अभिनय रहेको छ । राजेश घिमिरेको छांयाकनमा तयार पारिएको गितको म्युजिक भिडियो वसन्त विश्वकर्माले सम्पादन गरेका हुन ।

उक्त गितको म्युजिक भिडियो Meshana Music को अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।

गित हेर्नको लागि तलको लिक थिच्नुहोस्

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार