सल्यानकाे रेडियो शारदाले आफ्नै भवनबाट सेवा आरम्भ गरेको छ।

ग्रामिण विकास सञ्चार केन्द्रको द्वारा संचालित रेडियो शारदा एफएम ९९  दशमलब  २ मेगाहर्जले आफ्नो स्थापनाकाे १७ वर्षपछि आफ्नै भवनबाट सेवा सुरू गरेको छ।

केन्द्रकाे चौथो अधिवेशन तथा १७ औं साधारण सभाकाे अवसरमा कर्णाली प्रदेशका पूर्वमन्त्री तथा सांसद भीमप्रकाश शर्माले सभाकाे उद्घाटन गरेका हुन।

समारोहमा बोल्दै पूर्वमन्त्री शर्माले सामुदायिक रेडियोले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको र प्रविधि परिवर्तन भए पनि रेडियोको प्रभाव अझै पनि बलियाे रहेको बताउदै रेडियोका कार्यक्रमहरूमा राजनीतिक विषयसँगै आर्थिक उत्पादन र विकासलाई पनि प्राथमिकता दिनुपर्ने सुझाव दिए।

कार्यक्रममा शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटा, सल्यानका निमित्त प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा, जिल्ला हुलाक अधिकृत चिन्तामणी रेग्मी, पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, रेडियो राप्तीका अध्यक्ष रमेश कुमार गौतमलगायतले सामुदायिक रेडियोका भूमिका, चुनौती र सम्भावनाबारे आफ्ना विचार राखेका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते सोमवार