फागुन १८, सल्यान – सल्यानको १३ औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड २०७९ को उपाधि छत्रेस्वरी गाउँपालिकाले जितेको छ ।

१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रथम भएको छत्रेश्वरी गाउँपालिकाले यो पटक पनि विभिन्न प्रतियोगितामा जित हासिल गर्दै पहिलो स्थानमा विजयी भएको हो ।

प्रतियोगितामा १० स्वर्ण, १५ रजत र २ कास्य पदक गरेर जम्मा २७ वटा पदक जितेर छत्रेश्वरी गाउँपालिकाले प्रथम स्थान हासिल गरको छ ।
त्यस्तै ८ स्वर्ण, ४ रजत र ३ कास्य गरेर जम्मा १५ पदक जित्दै बागचाैर नगरपालिका द्वितीय भएको छ । यस्तै ७ स्वर्ण,६ रजत र ६ कास्य पदक सहित जम्मा १९ पदक जितेर कुमाख गाउँपालिका तेस्रो भएको छ भने ६ स्वर्ण, ४ रजत १० कास्य सहित जम्मा २० वटा पदक गरेर शारदा नगरपालिका सान्त्वना भएको छ ।

फागुन १५ देखि १८ गते सम्म संचालित प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल र मार्सलआर्टका खेलहरुमा जिल्लाका १० वटा पालिकाका खेलाडीहरुले सहभागीता जनाएका थिए ।
जसअनुसार कुन पालिकाले कति पदक जित्यो यस प्रकार रहेको छ :-
जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमा अध्यक्षता जिल्ला खेलकुद विकास समिति अध्यक्ष खड्ग प्रसाद आचार्य गरेका थिए भने सहजीकरण कार्यालय प्रमुख शिवराज अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते बिहिवार