भदौ १४ काठमाडौं – आकर्षक तलब भएको कामदार भिषामा रोमानिया पठाईदिन्छु भन्दै करिब १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकि छन।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने २० वर्षीया पुन माया श्रेष्ठ रहेकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ।
रोमानियाको फुड प्याकेजिङमा मासिक ७५ हजार रूपैयाँसम्म तलब पाउने गरी काममा लगाईदिन्छु भन्दै प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्छ भन्दै पीडितहरुबाट १७ लाख ७५ हजार रूपैयाँ रकम लिई सम्पर्क विहिन भएकी श्रेष्ठलाई साेमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले बताए।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाईएको प्रहरी नायव उपरीक्षक मल्लले बताए