साउन ११ जाजरकोट – बारेकोट गाउँपालिका –६ का वडाध्यक्ष डम्बरबहादुर महतारालाई साउन ९ गते खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बारेकोट गाउँपालिका – ६ का टेकेन्द्र नेपाली र अविनास विक रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ

फरार रहेका उनिहरुलाई बुधबार  कुशे गाउँपालिका –५ बाटुलेमा बाटाेमा भाग्दै गर्दा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए। उनिहरु विरुद्ध जिल्ला अदालत जाजरकोटबाट ज्यान मार्ने कसुरमा ६ दिनकाे म्याद थपगरि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पन्तले बताए।

घाइते वडाध्यक्ष महताराकाे टाउकामा सात टाँका लागेकाे र हाल कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार