असार ६ भालुबाङ – दाङको राप्ती गाउँपालिका वडा नम्बर -१ भालुवाङबाट प्रतिबन्धित लागू औषध ( ब्राउन सुगर) सहित २ जना परेका छन् ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर -१ भालुवाङ बस्ने २८ वर्षिय विशाल थापा मगर र सोही गाउँपालिका वडा नम्बर -२ बस्ने २३ वर्षिय उज्वल सिंह रहेकाे ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।

गत शुक्रबार बेलुका साढे ५ बजेको समयमा भालुवाङ स्थित रतन थापा मगरको घरकोठामा लागू औषधको कारोबार हुँदैछ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरिक्षक सुजनविक्रम शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले घर खानतलासी गर्ने क्रममा १ ग्राम २९० मिलिग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो नरम पदार्थ सहित थापा मगर र सिंहलाई पक्राउ गरिएको प्रहरी निरिक्षक शाहले बताए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धानकाे लागि आइतबार जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरी निरीक्षक थापाले बताए।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार