बैशाख २५ रोल्पा – माेटरसाइकल दुर्घटनामा परि एक जनाकाे मृत्यु भएको छ भने एक जना घाइते भएका छन।

शनिबार बेलुका करिब ६ बजेतिर माडी गाउँपालिकाका घर्तीगाउँबाट परिवर्तन गाउँपालिकाकाे इरिबाङ तर्फ जाँदै गरेकाे रा ४ प ४८१ नम्बरको माेटरसाइकल माडी गाउँपालिका -४ रिजाबाङमा दुर्घटना हुदा चालक परिवर्तन -५ राङकोटका ३० वर्षिय मनिपाल बुढा मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

साेहि माेटरसाइकलकाे पछाडि सवार दिलप्रसाद राेका मगर घाइते भएको र उनकाे अवस्था सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए। घटनाबारे थप अनुसन्धान पनि भइरहेको प्रहरी निरीक्षक जिसीले बताए। तस्बिर : बुद्धिमान ओली, राेल्पा

प्रकाशित मिति : २०७९ बैशाख २५ गते आइतवार