बैशाख १, सल्यान – रेडियो मध्यपहाड एफएम सल्यानको पाँचौ वार्षिकोत्सब भव्यतासाथ सम्पन्न भएको छ ।

जिल्लाको बागचौर नगरपालिका २ बागचौर बजारमा स्टेसन रहेको रेडियो मध्यपहाडको वार्षिकोत्सब कार्यक्रमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले जिल्लाका संचार माध्यमको विकासको लागि सरोकारवाला निकायहरुले पहलकदमी चाल्नु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले बागचौर नगर सरकार र जिल्लाका संचार माध्यामको सूचना आदानप्रदानमा समधुर सम्बन्ध रहेको बताउँदै आफ्नो नगरपालिकामा रहेको रेडियोसँगै जिल्लास्थित सम्पुर्ण पत्रकारहरुलाई स्वच्छ, निष्पक्ष र प्रभावकारी पत्रकारीता गर्न आग्रह गरे ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ सल्यानका सचिव टिकाराम भण्डारी, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कर्णाली प्रदेश सदस्य तिलक मल्ल, नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सह-महामन्त्री एकराज डाँगी, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका बागचौर नगर कमीटी इन्चार्ज ज्ञानेश्वर केसी, नेपाल कम्युनिस्ट पार्टी माओवादी जिल्ला समन्वय समिती सदस्य हरिलाल डिसी, जनकल्याण नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक डा.पुर्ण बहादुर भण्डारी, रेडियोका संस्थापक अध्यक्ष जनक राज गौतम, कोषाध्यक्ष दिपेश डिसी, प्रेस चौतारी सल्यानका अध्यक्ष प्रकाश भण्डारी लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा लोकदोहरी गायक गोपाल नेपाल जिएम, भुमिका गीरी, रमेश डाँगी, राधिका डाँगी, शेर बहादुर डाँगी लगायतका कलाकारहरुको प्रस्तुत रहेको थियो । साथै कार्यक्रममा रेडियोलाई साथ सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।रेडियो मध्य पहाडका स्टेसन म्यानेजर लोकमान चन्दको अध्यक्षता, रेडियोका कोषाध्यक्ष कल्पना शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा हजारौं दर्शकको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार कमल डाँगी र चुडामणी पिएमले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १ गते बिहिवार