चैत २२, सल्यान – जिल्लाको बागचौर नगरपालिका सल्यानमा नगरपालिकाको आयोजनामा पत्रकार सम्बन्धि ३ दिने अभिमुखीकरण तालिम आजदेखि सुरु भएको छ ।

३ दिनसम्म संचालन हुने उक्त तालिमको बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले उद्घाटन गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले बागचौर नगरपालिकाले विकास निर्माणका काममा मात्रै नभई हरेक क्षेत्रका लागि लगानी गरेको बताएका छन । उनले नगरपालिका भित्रका पत्रकारिता सम्बन्धि जान्न ईच्छुक व्यक्तिहरुलाई १२ वटै वडाका प्रशिक्षार्थीहरुलाई पत्रकारिता तालिम दिन लागिएको बताए । बुढाथोकीले बागचौर नगरपालिकालाई पत्रकारिता क्षेत्रमा नयाँ आयम दिई नगरपालिकालाई नै अगाडि बढाउन पत्रकारिता तालिम दिन लागिएको बताए । उनले तालीममा नगरपालिकाका १२ वटै वडाबाट सहभागी प्रशिक्षार्थीहरुलाई उपलब्धि मुलक ज्ञान हासिल गरी पत्रकारीतालाई स्वच्छ, निष्पक्ष बनाउन सबै आ-आफ्नो ठाउँबाट लागि पर्न आग्रह समेत गरेका छन ।

यस्तै तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका सभाअध्यक्ष बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले पत्रकारीता क्षेत्र समाजको ऎना भएको बताएका छन् । उनले पत्रकारीता समाज परिवर्तनको एउटा महत्त्वपूर्ण पक्ष भएकाले प्रविधिसँगै आफु समेत परिवर्तन हुन सक्ने व्यक्तिले पत्रकारीतालाई अगाडि बढाउन सक्ने बताएका छन ।
चैत्र २४ गतेसम्म संचालन हुने पत्रकारीता तालिमको मुख्य प्रशिक्षकको रुपमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य दिपक शर्मा, रेडियो तहल्काका स्टेसन म्यानेजर डिल्ली राज रावत रहेका छन ।
तालिममा नगरपालिकाका सूचना अधिकारी तिर्थराज डाँगी, नेपाल पत्रकार महा संघ सल्यानका सचिव टिकाराम भण्डारी( दिपसागर), रिसेन्ट खबर अनलाइनका संचालक हरिप्रकाश पुन, जनसहारा अनलाइनका सम्पादक पुष्पा रिजन डि.सी., नगरपालिका जिन्सी शाखा प्रमुख लाल बहादुर डिसी लगायतको उपस्थिति रहेको थियो ।
गुराँस अनलाइनका सम्पादक धनेश्वर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण फोटो पत्रकार समुह सल्यानका अध्यक्ष बामदेव केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार