फागुन १३ रोल्पा – केही समय अघि अन्तरजातीय विवाह गरेकि एक किशोरीले आत्महत्या गरेकी छिन्।
परिवर्तन गाउँपालिका वडा नम्बर -५ मौलाबोटकि २० वर्षिय अनिता घर्तीले बिहीबार बिहान आफ्नै घरकाे सुत्ने काेठामा सलले झुन्डिएकाे अवस्था मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
घटनाकाे खबर पाएपछि प्रहरी चौकि बागमाराबाट खटिएको प्रहरीले शवकाे मुचुल्का तयार गरि घटनास्थलकाे प्रारम्भिक अनुसन्धान गरि शव पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल रेउघा पठाएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनाेद घिमिरेले बताए।
मृतक अनिता र विशाल रसाइलीले आफुखुशी केही समय अगाडि अन्तरजातीय विवाह गरेकाे हुदा प्रहरीले परिवार संग साेधपुछ गर्दा मृत्युकाे कारण विवाह नभएको बताएकाे छ भने माइती पक्षसंग पनि अनुसन्धानकाे लागि साेधपुछ गर्ने काम भइरहेको हुदा अहिले नै यहि कारणले मृत्यु भएको भन्न नसकिने र अनुसन्धान भइरहेकाे प्रहरी नायव उपरीक्षक घिमिरेले बताए।