फागुन १२ सल्यान – सामुदायिक रेडियो शारदा एफएम ९९.२ मेगाहर्ज आजबाट चौध वर्षमा प्रवेश गरेको छ ।
“परिवर्तन र शान्तिका लागि रेडियो” नारा लिएर वि.सं.२०६५ फागुन १२ गतेबाट ग्रामीण विकास सञ्चार केन्द्र द्वारा संचालित रेडियो शारदाले आफ्नाे प्रशारण सेवा संचालन गरि दैनिक बिहान ५ देखि राती १० बजेसम्म नियमित प्रशारण गर्दै आएको छ। सल्यानमा सञ्चालित सबैभन्दा धेरै क्षमता ५ सय वाटको रेडियो भएकाे पनि रेडियो स्राेतले बताएको छ।
चौधौवार्षिकोत्सवको अवसरमा रेडियो शारदा एफएम सञ्चालक समितिका अध्यक्ष एवम् कार्यकारी निर्देशक प्रतीक भट्टराईले एक प्रेस विज्ञप्ती जारी गर्दे रेडियोका स्रोता, कर्मचारी, पत्रकार,स्थानीय संवाददाता , विज्ञापनदाता तथा सबै पेशा,वर्ग क्षेत्रका शुभेच्छुक सबैलाई शुभकामना दिदै वार्षिक उत्सवकाे अवसरमा “सामुदायिक रेडियोको उपयोगिता” विषयक अन्तक्रिर्या तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी भर्चुअल माध्यामबम कार्यक्रममा संघ,प्रदेश, स्थानीय तहका जनप्रतिनीधि र सरोकारवालाको सहभागिता गराइने अध्यक्ष भट्टराईले बताए।
वार्षिक उत्सवकाे अवसरमा रेडियोले एक विज्ञप्ति जारी गर्दै भनेकाे छ – हाम्रो जस्तो आर्थिक, भौगोलिक एव समाजिक अवस्था भएको देशमा रेडियो नै प्रभावकारी सञ्चार माध्याम हो रेडि यो हो । आम नागरिक पहुचमा सूचना तथा शिक्षाका अन्य सरल, सुलभ माध्यम नभएको हुदा रेडियो जनताले सिक्ने र सिकाउने माध्याम पनि हो । रेडियोमा जनताका रुचि र आवश्यकता विषयवस्तुलाई हामीले प्राथमिकता राखेर काम गर्दे आएका छौ ।
नागरिकलाइ हरेक कुरालाई विश्लेष्ण गर्न सक्ने क्षमता विकास गराउने , शिक्षालाई ब्यवहारिक वनाउन परम्परागत ज्ञानका राम्रा पक्षहरलाई प्रवद्र्धन गर्न तथा नयाँ शिक्षा र प्रविधिलाई नागरिकहरुलमा विस्तार गर्न हालका अवस्थामा रेडियो जस्तो उत्तम विकल्प र माध्याम हाल अरु छैन । रेडियो शारदा जनताको बोली वोल्ने एउटा माध्याम हो । हामीले सल्यानको विकासका लागि सवै संग सहकार्य, खवरदारी र जनताका आवश्यकता पक्षमा आफुलाई उभ्याएका छौ ।
स्थानीय विषयवस्तु हाम्रा प्राथमिकता विषय हुन । उपयोगी र रुचिकर विषयवस्तु उत्पादन र प्रशारण तथा रेडियोबाट प्रस्तुत हुने सूचना, विचार, बहस लगायतका समाग्री सन्तुलित, पेशागत मर्यादा भित्र रहेर उत्पादन प्रशारण गरेको र आगामी दिनमा पनि ‘समाचार लगायतका सामग्री’ उत्पादनमा पूर्ण रूपमा स्वतन्त्र र प्रतीवद्ध रहने अध्यक्ष भट्टराईलेजारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।