भाद्र २४ सल्यान –  सल्यानमा एक युवक मृत अवस्थामा फेला परेका छन् । कुमाख गाउँपालिका वडा नम्बर २ कैनकाडाँका १६ वर्षीय जनक खत्री सोमबार घर नजिकै मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सल्यानका सूचना अधिकारी उमाकान्त जोशीका अनुसार आइतबार साथीसँग दशैको लागि खसी खोज्न घरबाट हिँडेका उनी सोमबार बिहान मृत अवस्थामा फेला परेका थिय । मृतक खत्रीकाे शव भिरबाट लडेको अवस्थामा फेला परेको जोशीले जानकारी दिए ।

स्थानीयले दिएको जानकारी अनुसार मृतक खत्री र उनका साथी साँझसम्म सँगै भएको देखेका र बिहान जनक खत्री मृत अवस्थामा भेटिएको तर उनका साथी भने घरमा भेटिएका छन । उनीहरू बिचमा केही आपसी विवाद भएको पनि बुझिएकाे छ । तर त्याे समयमा उनी दुई बिच झगडा भय नभयकाे स्पष्ट हुन सकेकाे छैन । उनका साथिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको सूचना अधिकारी जोशी बताए।

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार