माघ २६ सल्यान – बागचौर नगरपालिकाले वडा नं. ६ मा पाँच वर्षको अवधिमा सम्पन्न गरेका र हुँदै गरेका १ लाखभन्दा माथिका विकास याेजनाहरुकाे प्रारम्भिक विवरण सार्वजनिक गरेकाे छ ।

पाँच वर्षमा चालु तथा पुजिँगत र अन्य ३ लाख भन्दा साना छुट विकास योजनाहरु, प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम समेत गरेर वडा नं. ६ को पाँच वर्ष अवधिको कुल बजेटको प्रारम्भिक विवरण अनुसार जम्मा रु. ६ करोड ९५ लाख २१ हजार ३६१ रहेकाे बागचौर नगरपालिकाका सुचना अभिकारी तिर्थराज डाँगीले जानकारी दिए

सडक तथा भौतिक पुर्वाधार विकास तर्फ

१) सेराचौर, बडाचौर, नाउलाचौर, हिमचौर, जामुनेचौर हुँदै दुबारा पातिहाल्न, दोभान बजार बाफुखोला कृषि सडक (क्रमागत) ३ करोड ३४ हजार । वडा नं. ६ को मुलढोका (विकासको मेरुदण्ड) स्थानीय सरकार र प्रदेश सरकार (साझेदारी), प्रधानमन्त्री रोजगार कार्यक्रम । हाल निर्माण कार्य जारी रहेको । जामुनेचौरसम्म दैनिक बस सेवा संचालनमा रहेको ।

२) डुम्मारे देखि साना हिम, ठुला हिम, स्यालाबन, नवीन भवानी आविसम्म सडक ट्र्याक ओपन २५ लाख (स्थानीय सरकार)

३) मैढोले, ठुला पोखरा हुँदै ठुला हिम, वडा कार्यालयसम्म सडक रु २७ लाख स्थानीय र प्रदेश सरकार साझेदारी ।

४) साना हिम रिङरोड ५ लाख ।
५) ठुला हिम सडक २ लाख ।
६) हिमचौर मसानघाट सडक २ लाख ।
७) कोटबारा देखि तल्लो नाउली सडक ३ लाख ।
८) दुधलाबोट देखि उल्लेरी सडक ७ लाख ।
९) दुधलाबोट देखि मैढोले, हारिचार जोड्ने सडक १ लाख ५० हजार

१०) पोखरा हुँदै लिरेडाँडासम्म सडक २ लाख ।
११) नवीन भवानी आवि, अग्लेखोली, ठुला हिम सडक ६ लाख

१२) छित्तिखेल्ने खेलमैदान निर्माण (क्रमागत) ३० लाख ।
सडक पुर्वाधार तर्फ कुल जम्मा रकम रु.४ करोड ९४ हजार बजेट रहेकाे छ।

वडा कार्यालय भवन निर्माण रु.२५ लाख ।

हिम नाउलाचौर झोलुङ्गे पुल ४४ लाख ४७ हजार ३६१ (स्थानीय सरकार, दातृ संस्था र स्थानीय समुदायको साझेदारी)

विद्युत लाइन विस्तार तर्फ

१) ठुला हिम, स्यालाबन, बाङ्तिरे, पेटारी पाखा, सिस्नेरी, ठुला पोखरा तल्लो माथिल्लो नाउली, दुधलाबोट, रानेटा उल्लेरी कुल जम्मा ७० लाख (स्थानीय सरकार र संघीय सरकार साझेदारी) ।

खानेपानी तथा सिचाइ तर्फ

१) हिमचौर लिफ्ट खानेपानी ५० लाख (प्रदेश सरकार)
२) ठुला हिम खानेपानी योजना ८ लाख ।
३) साना हिम, दुधलाबोट, लिरेडाँडा, पोखरा, सिमखोला, नाउली, बाङ्तिरे र ठुला हिम सिचाइ पोखरी ६ वटा ३० लाख । (ASHA परियोजना) ।
४) साना हिम चौलाबोट खानेपानी २ लाख ।
५) सिमखोला खानेपानी २ लाख ।
६) पोखरा मध्यटोल खानेपानी २ लाख ।
७) च्याउखोला देखि मेलटाकुरासम्म सिचाइ कुलो २ लाख । याे संगै खानेपानी तथा सिचाइ तर्फ कुल जम्मा रु.९६ लाख बजेट रहेकाे छ ।

संस्कृति तथा पर्यटन प्रवर्द्धन तर्फ

१) ओली जातिको उद्गम थलो हिमचौर हिम साँस्कृतिक पर्यटन प्रवर्द्धन तथा पिनालेखी मन्दिर निर्माण, घेराबार, फिल्ड निर्माण, सडक निर्माण क्रमागत २५ लाख । (स्थानीय सरकार)

स्वास्थ्य पुर्वाधार तर्फ

१) आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन, शौचालय, सडक र फिल्ड निर्माण (क्रमागत) ९ लाख (स्थानीय सरकार)

शिक्षा तर्फ

१) सरस्वती मावि जामुनेचौर
क) ICT ल्याब ६ लाख ५० हजार ।
ख) पुस्तकालय ६ लाख ५० हजार ।
ग) खेलमैदान निर्माण ५ लाख ।
घ) दुई कोठे ब्लक, ग्याबिङ वाल तथा फिल्ड निर्माण १५ लाख । (संघीय सरकार)
ङ) दुई कोठे पक्की भवन २५ लाख (प्रदेश सरकार) कार्यान्वयन हुन बाँकी ।

२) नवीन भवानी आवि देउराली डाँडा
क) Wash शौचालय निर्माण ५ लाख ।
ख) कार्यालय व्यवस्थापन, फर्निचर तथा कक्षाकोठा व्यवस्थापन ३ लाख ।
ग) फिल्ड निर्माण ५ लाख (मुख्यमन्त्री रोजगार कार्यक्रम)

३) शिशु जागरण आवि मैढोले
क) Wash शौचालय निर्माण ५ लाख ।
ख) बालविकास कक्षाकोठा व्यवस्थापन ५० हजार

४) सिद्धार्थ आवि ठुलापोखरा
क) खेलमैदान, ग्याबिङ वाल निर्माण १५ लाख (मुख्यमन्त्री रोजगार कार्यक्रम)
ख) कार्यालय, बालविकास कक्षाकोठा व्यवस्थापन १ लाख ।
ग) फर्निचर खरिद तथा भवन मर्मत २ लाख । (कार्यान्वयन हुन बाँकी )

५) ४ वटै शैक्षिक संस्थाहरुलाई शिक्षण सहायता अनुदान (२ जना बालविकास स.का. र ७ जना अनुदान शिक्षकहरु) २४ लाख ।

६) ४ वटै विद्यालयहरुमा सोलार पावर जडान १० लाख वैकल्पिक उर्जा प्रवर्द्धन कार्यक्रम अनुदान (संघीय सरकार)। याे संगै शिक्षा तर्फ कुल जम्मा रकम रु.८० लाख ८० हजार बजेट रहेकाे छ।

कृषि तथा पशुपालन तर्फ

१) बाख्राको खोर निर्माण अनुदान ६० घरमा ६० वटा ८ लाख ४० हजार ।
२) भैसिको भकारो सुधार अनुदान ४० घरमा ४० वटा ५ लाख ६० हजार बजेट रहेकाे छ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार