माघ २१ सल्यान – चट्याङ लागेर एक महिलाकाे घटनास्थलमै मृत्युु भएकाे छ।

बनगाड कुपिण्डे नगरपालिका -७ लामसराका भाेल बहादुर कामीकि श्रीमती ४० वर्षिय रामकली कामीकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बिहीबार बेलुका करिब ७ बजेतिर घरमा चट्याङ पर्दा भान्सा काेठामा बसिरहेकी रामकलीकाे मृत्युु भएकाे र घटनाकाे खबर शुक्रबार बिहान(आज) प्रहरीलाई आए लगत्तै ईलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी नायव निरीक्षक शसीराम वलीकाे कमान्डमा ४ जनाकाे प्रहरी टाेली घटनास्थल पुगेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

थप अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालयबाट SOCO सहितकाे ५ जनाकाे टाेली घटनास्थल तर्फ जान लागेकाे र घटनास्थल सदरमुकाम खलंगाबाट करिब ५३ किलोमिटर टाढा पर्ने प्रहरी निरीक्षक पौडेलले जनसहारा अनलाइन संग बताए।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रवार