माघ १६ राेल्पा – पछिल्लो समय फैलिएको काेभिडकाे तेस्रो भेरीएन्ट ओमिक्रोन Covid-19 को रोकथाम तथा नियन्त्रणका लागि जनचेतना जगाउन जिल्ला सदरमुकाम लिबाङमा “तपाईंको मास्क खाेई ?” अभियान गरिएको छ।
डिसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको संयोजकत्वमा रोल्पा नगरपालिकाका मेयर पुर्ण केसी,स्वास्थ कार्यालय, जिल्ला अस्पताल,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पत्रकार लगाएत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सहभागीतामा जनचेतनामूलक साङ्केतिक अभियान गरिएको हाे।
उक्त अभियानमा मात्रै करिब २००० मास्क वितरण गरिएको छ। मास्क नलगाएकालाई अनिवार्य मास्क लगाउन र आगामी दिनमा मास्क नलगाएकाे पाइए जरिवाना गर्ने सुझाव दिइएको छ। त्यसैगरी सवारीसाधनमा अनिवार्य मास्क राख्न र काेहि मास्क नलगाएकाे यात्रु आए मास्क वापतकाे ५ रुपैयाँ लिएर भएपनि मास्क दिन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनसहारा अनलाइनसंग बताए।
काेभिडकाे तेस्राे भेरीएन्ट ओमिक्राेनकाे बारेमा सबै सचेत रहन र स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेकाे छ। त्यसैगरी यस्ता जनचेतनामूलक अभियानहरु स्थानीयतहहरुले पनि स्वत गर्नुपर्ने बताउदै त्यसको लागि थप निर्देशन समेत दिइएको प्रजिअ सापकोटाले बताए।