भाद्र १४ राेल्पा – रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जिल्लाका स्थानीय तहले विपतकाे अवस्थाबारे रिपोर्ट नै नगरेको गुनासो गर्नु भयकाे छ । ‘मैले पटकपटक स्थानीय विपत् व्यवस्थापन समितिलाई आफैँ फोन गरेर दैनिक रिपोर्टिङ गर्न भनेको छु, तर अहिलेसम्म रिपोर्ट नै गरेका छैनन्,’ उहाले थप्नु भयाे, ‘रिपोर्ट संकलन गर्न प्रहरीको भर पर्नु परेको छ ।’
स्थानीय तहले रिपोर्ट नगरे पनि आफूले पाएको जानकारी अनुसार जिल्लामा अहिलेसम्म १४ घर पूर्ण क्षति भएको, ८ घर आंशिक क्षति भएको जिल्ला दैवीप्रकोप उद्दार समितिका संयोजकसमेत रहेका प्रजिअ रानाले बताउनु भयाे । उहाले सुनछहरी, भाबाङ, जंकाेट, राङ्सीलगायतका क्षेत्रमा पहिरोले क्षति गरेको बताउनु भयाे