पुस २२, सल्यान – सल्यानको कुमाखमा झुण्डिएको अवस्थामा एक जना मृत फेला परेका छन ।

कुमाख गाउँपालिका वडा नम्बर ५ मलिनडाँडा बस्ने ३३ बर्षीय रमेश रोका झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

उनिलाई बिहिबार बिहान ८ बजे सुत्ने कोठामा पासो लगाई झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।                         सांकेतिक फोटो

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार