पुस २१, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. ४ पेदिखोलामा खैरावाङ मिडिया हाउस प्रा.लि. र बागचौर नगरपालिका वडा नं.४ का स्थानीय युवाहरूको समन्वयमा बृहत खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
अनुशासित र मर्यादित तरिकाले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु गराईने उक्त कार्यक्रममा संयोजक खगेन्द्र वलीले बताएका छन ।
उनले कार्यक्रमको लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तह लगायत सम्बन्धि सबै निकायसँग कोडनेशन गरिसकेको र कार्यक्रमका लागि जथाभावी सहयोग रकम पनि नउठाउने बताएका छन ।
यहि पुस ३० गते देखि माघ २ गतेसम्म संचालन गरिने कार्यक्रमहरु खुल्ला वडास्तरीय भलिबल प्रतियोगिता, ब्याडमिन्टन, लोकदोहरी, स्लो बाईक रेस र निकै रोचक अण्डा समात्ने खेल रहेका छन ।
जसको विस्तृत विवरण निम्नअनुसार रहेको छ :
यस्तै कार्यक्रममा पुराना मौलिकता झल्काउने साँस्कृतिक प्रस्तुतिहरु देखाउनुका साथै अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु पनि गरिने संयोजक वलीले जानकारी दिएका छन ।
उक्त खेलकुद तथा सांस्कृतिक कार्यक्रममा भाग लिनको लागि पुस ३० गते बिहान ८ बजेसम्म नाम दर्ता गराईसक्नु पर्ने छ भने कार्यक्रम सरस्वती मा.वि.को प्राङ्गणमा हुने आयोजक टिमले जानकारी दिएको छ ।