पुस २१ काठमाडौ – अरुकाे सामाजिक सञ्जाल फेसबुक आफ्नो नियन्त्रण ( ह्याक ) गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १० मंगलबारे घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने १८ वर्षिय किरण पाठक रहेका छन।

सर्वसाधारण लगायत उच्चपदस्थ ब्यक्तिहरुको समेत फेसबुक आईडि ह्याक गरी उक्त आईडिको दुरुपयोग गरि अनलाइन ठगी गर्ने गरेकाे खुलेकाे छ।

उनले सम्बन्धित फेसबुक आइडिमा भएका साथीहरुसंग विभिन्न बाहाना बनाई आफुलाई अर्जेन्ट समस्या परेको भन्ने र विश्वास दिलाइ विभिन्न बैंक खातामा पैसा पठाउन लगाइ ठगी गरेको आरोपमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

उनलाई साेमबार बेलुका करिब ७:३० बजेतिर पक्राउ गरि ममंगलबार ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परीसर टेकु पठाईएको महाशाखाले बताएको छ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार