पुस २० काठमाडौ – बाँके नेपालगन्जकी निर्मला कुर्मी र ननकुन्नी धाेवि घटनाबारे अनुसन्धानको लागि गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई निर्देशन दिएकाे छ।

गत मंसिर ९ गतेबाट निरन्तर शान्तिपूर्ण आन्दोलनबाट ४० दिन बितिसक्दा पनि सरकारले बेवास्ता गरेपछि अधिकारकर्मी रुबी खान साेमबार राति देखि आमरण बसेकि थिइन। अनसनरत खानसंग छलफलका लागि सरकारकाे तर्फबाट गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद काेइराला सहितकाे छ जनाकाे टाेली मार्फत सहमति भएकाे छ। सहमतिपछि खानलाई डा. गाेविन्द केसीले जुस खुवाएर अनसन ताेडाएका छन।

अधिकारकर्मी खान र गृह मन्त्रालयबीच चार बुँदे सहमति भएको छ ।

१. पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बाँकेमा दिएको जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अनुसन्धान गर्ने,

२. यस घटनामा न्यायका लागि लडने साक्षी तथा अभियन्ताहरुको सुरक्षाको प्रत्याभूति गर्ने गरि सुरक्षामा ध्यान दिन गृह मन्त्रालयले निर्देशन दिने ,

३. यसअघि भएकाे सरकारी छानवीन प्रतिवेदनले उठाएका विषयहरु कार्यान्वयनमा प्रशासनिक सहजीकरण गर्न सम्बन्धित निकायलाई पत्राचार गरि कार्यनयनका निरन्तर फ्लाे-अप गर्ने,

४. अब खान सहितकाे टाेलीले आन्दोलन र सत्याग्रहसहितका दबाब मुलक कार्यक्रम रोक्ने गरी समावेश छन।

आज नै गृहमन्त्रालयले निर्मलालाई अपहरण र शव बन्धक र कर्तव्य सम्बन्धी घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकेको छ।

मार्फत सहमति भएकाे छ। सहमतिपछि  खानलाई डा. गाेविन्द केसीले जुस खुवाएर अनसन ताेडाएका थिए।

अधिकारकर्मी खान र गृह मन्त्रालयबीच चार बुँदे सहमति भएको छ ।

१. पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बाँकेमा दिएको जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अनुसन्धान गर्ने,

२. यस घटनामा न्यायका लागि लडने साक्षी तथा अभियन्ताहरुको सुरक्षाको प्रत्याभूति गर्ने गरि सुरक्षामा ध्यान दिन गृह मन्त्रालयले निर्देशन दिने ,

३. यसअघि भएकाे सरकारी छानवीन प्रतिवेदनले उठाएका विषयहरु कार्यान्वयनमा प्रशासनिक सहजीकरण गर्न सम्बन्धित निकायलाई पत्राचार गरि कार्यनयनका निरन्तर फ्लाे-अप गर्ने,

४. अब खान सहितकाे टाेलीले आन्दोलन र सत्याग्रहसहितका दबाब मुलक कार्यक्रम रोक्ने समावेश छन।

आज नै गृहमन्त्रालयले निर्मलालाई अपहरण र शव बन्धक र कर्तव्य सम्बन्धी घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकेको छ।

गृह मन्त्रालयका सह–सचिव हिरालाल रेग्मी नेतृत्वको छानविन समितिले गत १४ कात्तिकमा गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनमा पूर्वसभासद् बादशाह कुर्मीको भूमिका शंकास्पद रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । साथै किटानी जाहेरीमा उल्लेखित अन्य ७ जनालाई पनि पक्राउ गरेर अनुसन्धान गर्न समितिले सुझाएको थियो ।

किटानी जाहेरी र प्रतिवेदन दुवैमा उल्लेखित रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंह पक्राउ परेका थिए । तीमध्ये बबन सिंह ८० वर्ष पुग्न लागेकाले हाजिरी जमानीमा त्यसवेलै छुटेका थिए । अन्य पछि छुटेका थिए। घटनाका मुख्य याेजनाकार मानिएका पूर्वसभासद् बादशाह कुर्मी पक्राउ नै परेनन।

छानविन समितिले नेपालगञ्ज उपमहानगरपालिका–१७ को साबिक परस्पुर गाविस–९ मा रहेको निर्मलाको ४ विघा १० कठ्ठा जग्गा हडपिएको निष्कर्ष निकालेको थियो । त्यसबारे अनुसन्धान गर्न विज्ञको टोली बनाउन समेत उल्लेख गरेकाे थियाे।

यस विषयमा थप छलफलका लागि अधिकारकर्मी खानले बुधबार बिहान १० बजे माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्न लागेकाे पनि जनसहारा अनलाइनसंग बताइन।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार