पुस १८, सल्यान – नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका केन्द्रीय सदस्यहरुको नाम पारित गरेका छन ।

सल्यानबाट पाँच जना दाबेदार रहेकोमा दुई जना पर्न सफल भएका छन । जस अनुसार सल्यानबाट खुलातर्फ टेक बहादुर बस्नेत र खसआर्य महिला तर्फबाट टीका बुढाथाेकी परेका हुन । यो सँगै सल्यानबाट केन्द्रीय सदस्यमा खसआर्य महिला तर्फबाट बुढाथोकी मात्रै थप नयाँ सदस्यमा परेकी हुन । बस्नेत भने पुरानै केन्द्रीय सदस्य हुन ।

याे पनि पढनुस्प्रचण्डले प्रस्ताव गरे २३६ केन्द्रीय सदस्यको नाम लिष्टसहित

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार