पुस १८, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ सदस्यीय केन्द्रीय समितिको नामावली प्रस्ताव गरेका छन् । बन्दसत्रमा प्रचण्डले माओवादीको २९९ सदस्यीय केन्द्रीय कमिटीमा क्लस्टर मिलाएर २३६ जनाको नाम प्रस्ताव गरेका हुन् ।

प्रचण्डको प्रस्ताव पारित भएमा केन्द्रीय कमिटी चयन हुनेछ। उक्त केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । बन्दसत्रले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत केन्द्रीय समिति सदस्यको प्रस्तावित नाम अनुमोदन गर्ने बताइएको छ।

यदि उक्त नामहरू अनुमोदन नभएमा निर्वाचन हुनेछ। त्यसका लागि सोमबार मतदान गर्नेगरी पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ।

प्रज्ञा भवनमा जारी बन्द सत्रमा दाहालले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरिरहेका छन् ।

खुलातर्फ
खगराज भट्ट, माधव सापकोटा, युवराज दुलाल, लेखनाथ न्यौपाने, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, कृष्ण सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, गोपाल ठाकुर, जोखबहादुर बर्बरिया, राजु खड्का, प्रकाश पोखरेल, भरतकुमार शाह, अशोक मण्डल, युवराज भट्टराई, अजयशंकर नायक, ईश्वरी भट्टराई, सुनील मानन्धर, हरिबोल गजुरेल, प्रचण्ड, सुदन किराती, किरण राई, हेमराज भण्डारी, वामदेव क्षेत्री, कृष्णबहादुर महरा, रामकुमार शर्मा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी तिलक शर्मा, शुकबहादुर रोका, डोरप्रसाद उपाध्याय, कुलप्रसाद केसी, गणेशमान पुन, गजेन्द्र महत, महेन्द्र बहादुर शाही, रामदीप आचार्य। रामकुमार शर्मा, शक्तिबहादुर बस्नेत, टेकबहाुदर बस्नेत, जनार्दन शर्मा, कालीबहादुर मल्ल, कृष्ण्ध्वज खड्का, वर्षमान पुन, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, डिलाराम आचार्य, लिलामणि पोखरेल, सुरेश कुमार आले मगर, हितराज पाण्डे, हितबहादुर तामाङ, दिनानाथ शर्मा, पम्फा भुसाल, देव गुरुङ, अमर गुरुङ, देवेन्द्र पौडेल, पूर्णकुमारी सुवेदी, महेन्द्र पासवान, गोपी अछामी, श्रीराम ढकाल लगायत ।                                                                                                                                                   खसआर्य पुरुष

नारायण दाहाल, सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले ।

खसआर्य महिला

आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गा बेल्बासे, देवी खड्का, धर्मशिला चापागाईं, दामा शर्मा, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, लक्ष्मी न्यौपाने, कुन्ती जोशी, समिता कार्की, टीका बुढाथोकी, गोमा कुँवर, कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं ।

दलित पुरुष

विष्णु विश्वकर्मा, खेम परियार, जगत कामी,

दलित महिला

अञ्जना बिशुङ्खे, मनकुमारी नेपाली, सुशीला सिर्पाली, सीता नेपाली, लक्ष्मी विक, धन विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गा विक, मेम्बा बस्याल छन। बाँकीको भने केहीेबेर पछि टुङ्गो लाग्नेछ ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार