पुस १५ सप्तरी – प्रदेश नम्बर -२ मा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको अनश्चितकालीन बन्दकाे आज पहिलाे दिन प्रहरीले प्रदर्शनकारी माथि लाठी चार्ज गर्दा एक किसान आन्दोलनकारी महिलाकाे टाउकाे फुटेकाे छ।

टाउकोमा गम्भीर चाेट लागि घाइते भएकि रुबी शर्माकाे अहिले सप्तरी जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ। सप्तरी जिल्लाको भारदहस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका आन्दोलनकारीमाथि प्रहरीले लाठीचार्ज गर्दा प्रहरी चौकी घेराउ गर्न पुगेकि शर्मालाई प्रहरीले टाउकोमा लाठी बर्साएकाे आन्दोलनकारीले बताएका छन।

आज ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
किसानको हकहितको लागि भन्दै जनमत पार्टीले एकसाता अघिबाट विभिन्न चरणको आन्दोलन गर्दै आएकाे छ। तर सरकारले बेवास्ता गरेकाे भन्दै आज पुस १५ बाट प्रदेश २ मा अनिश्चितकालीन बन्द गर्ने घाेषणा गरेकाे छ।

के-के छन उनीहरुका माग ?

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार