मंसिर २७, सल्यान – सल्यानको बागचौर नगरपालिकाको थारमारेमा आज दुर्घटना न्युनिकरणको लागि सवारी साधनमा टाइम काड लागु र रिफ्रेस सेन्टरको स्थापना गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय प्रमुख लक्ष्मण वि.क.ले सवारी दुर्घटना हुनुको पहिलो कारण ओभर स्पिड, चालकको लापरबाही, अत्याधिक गति हुने भएकाले सवारी चालकहरुसँग कुरा गर्दै आज देखि टाईम कार्ड सुरु भएको बताएका छन ।

टाईम कार्ड लागू भएपछि विभिन्न स्थानका लागि समय तोकिएको छ । जसमा बाङ्गेलाखुरी देखि थारमारे ४५ मिनेट, कपुरकोट सम्म ४ घण्टा तथा अन्य सबै स्थानका लागि पनि समय तोकिएकोले समयमा गन्तव्यमा पुग्न अनुरोध समेत गरेका छन ।

यो सँगै आज नै बागचौरको बाङ्गेलाखुरी चालकसँग १ मिनेट कार्यक्रम पनि संचालन गरिएको थियो ।

यस्तै जिल्लाको नाका प्रहरी चौकिको रुपमा रहेको ईप्रका सिमखोली (बाँङ्गेलाखुरी) मा अब ट्राफिक प्रहरीको नियमित ’चेक पोष्ट’ रहने भएको छ । साथै बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सल्यानमा  ‘चालक सँग एक मिनेट’ कार्यक्रम पनि सल्यानको बाँङ्गेलाखुरीमा गरेको छ ।

उक्त कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक लक्ष्मण बि.क ले सीट क्षमता भन्दा बढी यात्रु नबोक्न, अस्वस्थ गति प्रतिस्पर्धा नगर्न तथा अन्य बिषयमा चालक लाई सुझाव दिएका छन ।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार