मंसिर २७ पर्सा – हुण्डी काराेबारमा संलग्न रहि स्राेत नखुलेको १८ लाख रकम सहित दुईजना पक्राउ परेका छन।

आइतबार दिउँसो वीरगञ्ज-१० का २८ वर्षीय चन्दनकुमार साह र साेहि ठाउँका ४४ वर्षीय ओमप्रकाश गुप्तालाई पक्राउ गरेकाे हाे। घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना १६ प ५४४६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा बोकेको नगद फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

तस्बिर : जिल्ला प्रहरी कार्यालय पर्सा

पक्राउ परेका दुवैमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खनालले बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार