मंसिर १९, सल्यान – बाबुराजा कम्प्युटर एण्ड इङ्गलिस ल्याङवेज इन्च्यिूट प्रा.लि.र स्थानीय युवाहरुको समन्वयमा थारमारेमा बृहत् खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

२०७८ मंसिर २४ गते देखि पुस १ गतेसम्म कार्यक्रम संचालन गर्ने भनी प्रचारप्रसार तिव्र पार्दै गर्दा कार्यक्रम गर्न नपाईने भनी रोक लगाईएको थियो ।
फेरि जिल्ला प्रशासनले कार्यालयले पुनः कार्यक्रम गर्ने भनी अनुमति दिएको छ । कार्यक्रम संचालन गर्दा सर्वसाधारणको इच्छा विपरीत रकम नउठाउने, कोभिड-१९ सम्बन्धि मापदण्ड पुर्ण पालना गर्ने, कार्यक्रम बिहान १० बजे देखि बेला ४ बजेसम्म मात्रै संचालन गर्ने र अनुशासित र मर्यादित तवरले संचालन गर्ने प्रतिवद्वता सहित प्रशासनले अनुमति दिएको हो ।
कार्यक्रमहरु खुला वडा स्तरीय भलिबल, ब्याडमिन्टन, नृत्य, स्लो बाइक रेस, घैटोफोर र भाले छोपाई रहेका छन ।
जसको विवरण यसप्रकार रहेको छ :
दर्ता अन्तिम मिति २०७८ मंसिर २४ गते बिहान १० बजेसम्म रहेको छ भने कार्यक्रम जनकल्याण नमुना मा.वि. को प्राङ्गणमा हुने भएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार