मंसिर ८ राेल्पा – स्थानिय तहको निर्वाचनपछि कतिपय जनप्रतिनिधिहरुको चुरिफुरी निकै बढेको पाइयो।

महङ्गा सरकारी सवारी देखि उनका खानपान, रहनसहन जिवनशैलीमा नै धेरै परिवर्तन आएको देखियो। तर रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जंगबहादुर घर्तीको सादा जीवन अहिलेसम्म कायम छ। उनि घरबाट बिहान दैनिक दुई घण्टा पैदल हिडेर वडा कार्यालय जान्छन्। साझ दुई घण्टा पैदल हिडेरै घर फर्कन्छन्। सेवाग्राहीसंग हासेर नम्र बोल्ने र कार्य सम्पादन र सरल स्वभाव भएकाले उनलाई सेवाग्राहीले निकैनै रुचाउँछन्।

वडा अध्यक्ष घर्ती नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन्। भद्र,सालिन र सरल स्वभावका वडाअध्यक्ष घर्ती कुनै पनि कार्यक्रमहरुमा आश्वासन वा अरुलाई पेलेर अभिव्यक्ति दिदैनन।उनि बढी बोलेर कम कार्यान्वयन गर्ने प्रवृत्ति भन्दा काम गरेरै जनताका मन जित्ने स्वभाव भएका व्यक्ति भएको कतिपय माओवादी केन्द्रका नेताहरुका बुझाई रहेको छ। तत्कालीन १० वर्षे द्वन्दको समय देखि विभिन्न आन्दोलनमा महत्त्वपुर्ण योगदान दिएका अध्यक्ष घर्तीले आफू निर्वाचित भए यता सरकारी सवारी नै प्रयोग गरेनन्।

सरकारी साधन र इन्धन खरिदको लागि आएको कोषबाट उनले गैरा गाउँमा सार्वजनिक शौचालय निर्माण गरेर जनताको मन जित्न सफल भए।पछिल्लो समय उनै वडा अध्यक्ष घर्तीको एक फोटो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ।त्यो फोटो हो उनै वडा अध्यक्ष घर्तीले ७ रोपनी जमिनमा उत्पादन गरेको अर्गानिक ब्रोकाउलीको, मध्यम वर्गिए परिवार रहेको घर्तीले मेहनतका साथ कार्यालयमा मात्र काम गर्दैनन्। उनले साझ बिहान र फुर्सदको समयमा घरमा रहेको करिब ८ रोपनी जग्गामा ब्रोकाउली उत्पादन गरेका छन्।

उनले भने “म जनताको सेवक हुँ। कृषि कर्मबाट समाज आत्मनिर्भर हुनसक्छ भनेर हामीले बारम्बार भनिरहँदा त्यही समाजभित्र म पनि त पर्छु। अरु जनप्रतिनिधिहरुले के गर्नु हुन्छ मलाई थाह छैन। तर सकारात्मक सन्देश दिने कुनैपनि कार्य गर्नु छ भने पहिला हामी भन्ने होइन म बाट गर्नु पर्दछ भन्ने सिद्धान्त मेरो छ। त्यसैले ब्रोकाउली लगाएत अन्य तरकारीबाली पनि खेती गरेको छु। मलाई दिनभरी कार्यालयमा जनताहरुको सेवा गर्नुमा जति आनन्द आउँछ। घरमा आएर कृषि कर्म गर्दा पुर्खाको पेशालाई निरन्तरता दिन पाउदा झनै आनन्द लाग्छ।” वडा अध्यक्ष घर्तीले बताए। आफू जनप्रतिनिधि भएर ठूलो मान्छे बनेको नभएर सर्वसाधारण जनताको सेवक रहेको उनको भनाई रहेको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार