मंसिर ५ बैतडी–  जिल्ला सदरमुकाम गोठलापानी स्थित कलुवाडमोडमा जन्ती बोकेको जीप भर्खरै अघि करिब ८:३० बजेतिर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका- २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायल तर्फ जाँदै गरेको म १ ज  ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका- ४ कलुवाड मोडमा दुर्घटनामा परेको छ। दुर्घटनामा तीन जना घाइते भएकाे भेटिएको छ जिपमा सात जना मात्रै सवार हुन वा अरुपनि छन एकिन नभएकाले उद्दार कार्य जारी रहेकाे हुदा यसै भन्न नसकिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जिप सडकबाट करिब १५० मिटर तल भिरमा अडकिएकाे र रातकाे समय भएकाे हुदा उद्दारमा कठिनाइ भएकाे हुदा थप विवरण आउन बाकि रहेकाे र घाइते तिनजनाकाे उपचारकाे लागि जिल्ला अस्पताल लिने तयारी भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले बताए।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार